परासी । समावेशी ग्रामिण विकास परियोजनाले नवलपरासी स्थानीयलाई ९ लाख बढीको कृषि यन्त्र तथा पशु स्वास्थ्य सामग्री वितरण गरेको छ । परियोजनाले सोमबार एक सुनवल–९स्वाठीमा एक कार्यक्रमको आयोजना गरी सो रकम बराबरको साम्रगी वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाका कार्यवाहक नगर प्रमुख ददिराम अर्यालले सुनवल नगरपालिकाले किसानलाई सिप र आधुनिक उपकरणको प्रयोगबाट आर्थिक रूपमा आत्मनिर्भर बनाउन सफल भएको बताएका छन्। सुनवल नगरपालिकाका वडा नं. ९,५ र २ लाई कृषि पकेट क्षेत्रको रुपमा विकास गरेको र नगरपालिकाले पशुपालन, माछापालन र तरकारी खेती गर्ने किसानहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गरेर कामहरु गरेको बताए।
उनले अव किसानले उत्पादन बढाउदै गएको बजारीकरणमा सुनवल नगरपालिकाले सहजीकरण गर्ने समेत बताए। यस्तै समावेशी ग्रामिण विकास परियोजना, नवलपरासीका टिम लिडर लोकबहादुर थारुले किसानलाई माछा, दुध र तरकारीमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सुनवलमा सञ्चालन गरेको बताए। उनले आज स्वाठी कृषि सहकारी संस्थामा आवद्ध किसानलाई ९ लाख २९ हजार९सय ४० रूपैयाँ बराबरको नगद तथा समग्री हस्तान्तरण गरेको बताए।
४० जना किसानलाई पोषण, भिटामिन र फिनायल बितरण गरेको,गोठ सुधार कार्यक्रमका लागि ७ जना किसानलाई १५ हजारका दरले चेक हस्तान्तरण गरेको, १० जना किसानलाई छाटी काट्ने मेसिन ३१ हजार ९५० का दरले ५० प्रतिशत अनुदानमा वितरण गरेको र ८जना तरकारी खेती गर्ने किसानलाई ५८ हजार ६८० बराबरको हाते ट्याक्टर हस्तान्तरण गरिएको बताए।
कार्यक्रममा सुनवल नगरपालिका वडा नं ९का वडा अध्यक्ष कन्हैया थारुको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा डेरी मूल्य सृङ्खलाका परामर्श कर्ता चेतन थापा, वडा नं ५ का वडा अध्यक्ष थमन सिंह नेपाली ले मन्तव्य व्यक्त गरेका थिए । स्वाठी कृषि सहकारी संस्था अध्यक्ष गिरबहादुर थापाको स्वागत तथा सचिव सन्तोष योगीले गरेका थिए।
प्रतिक्रिया