बुटवल । पत्रकार सञ्जु पौडेल ‘डि।भि। महिला शक्ति सम्मान’बाट समानित भएकी छिन् । अन्तराष्ट्रिय श्रमिक महिला दिवस–२०२१ को अवसर पारेर डि।भी। एजुकेशनले सोमबार काठमाडौँमा पत्रकार पौडेललाई सम्मान गरेको हो ।
महिला अधिकार र शक्तिकरणलाई साझा मुद्धाको रुपमा हेनुपर्ने मान्यता राख्दै आएको एकुजेकशनले कोरोना महामारीमा पत्रकार पौडेलले संचार क्षेत्रबाट खेलेको भूमिकालाई सम्मान गर्दै सम्मान गरिएको डि.भि. एजुकेशनका अध्यक्ष विश्वनाथ प्रसाद शाहले बताए ।
उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला बज्राचार्य र डि.भि. एजुकेशनका अध्यक्ष विश्वनाथ प्रसाद शाहले नगद ११ हजार १ सयसहित सम्मान गरेका हुन् । पत्रकार पौडेल रुपन्देहीलाई आफ्नो कार्यक्षेत्र बनाएर संचार क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेकी छिन् । पौडेल कान्तिपुर दैनिकमा कार्यरत छिन् ।
प्रतिक्रिया