बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकामा जनता समाजवादी पार्टीको गाउँ पालिका स्तरीय भेला सम्पन्न भएको छ । आइतबार कृष्ण कान्त यादवको अध्यक्षतामा, जसपाका केन्द्रीय सदस्यीयहरु ओम प्रकाश यादव, अति उल्लाह मुसलमान, किस्मत बि.क., देवेन्द्र पाण्डे, जसपा रूपन्देहीका अध्यक्ष रनम अवतार यादव र संघीय परिषद सदस्य हरि चन्दसैथोवार लगायतको आथित्यतामा भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य ओम प्रकाश यादवले जसपाले हिमाल पहाड मधेशको एकता कायम गराउदै पुराना पार्टी हरूबाट सम्भावना नरहेको बिकास समृद्धिको नेतृत्व गठन गरेको छजसपाले गर्ने बताए । भेलाले कृष्णकान्त यादव को अध्यक्षतामा ५१ सदस्य मायादेबी गा पा कमिटी समेत गठन गरेको छ ।
प्रतिक्रिया