काठमाडौँ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । कोन्ज्योसोम गाउँपालिका–४ नल्लुको एउटा घरका चार जना सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका हुन्। दुई जना घाइते छन्। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले निसास्सिएर मृत्यु भएको अनुमान गरिएको बताए।
‘घटनास्थलमा हामी पुमृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, उनका छोरा २२ वर्षीय सुभाष स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र नाति नाबालक २ दिनको नवजात शिशु रहेका छन्। बुहारी सुष्मा सुत्केरी भएका कारण कोठामा आगो बालेर सुतेको र त्यहीँ उनीहरू मृत भेटिएको पोखरेलले बताए।
दुई दिनको शिशुलाई उद्धार गरी उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको पोखरेलले बताए।
घटना अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ, इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट टोली खटिएको छ। टोलीमा फरेन्सिक चिकित्सक पनि छन्।
प्रतिक्रिया