ताजा अपडेट »

१५ वर्षीया छात्रा बलात्कार गरेकाे आराेपमा अर्घाखाँचीका एक शिक्षक पक्राउ

आइतबार, २२ फागुन २०७८

अर्घाखाँची ।  १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा अर्घाखाँचीमा एक शिक्षक पक्राउ परेका छन् । 

मालारानी गाउँपालिकाको मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ ।

शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात् अर्घाखाँची जिल्ला अदालतमा पेस गरिएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।