भैरहवा । लुम्बिनीको पडरियामा जारी पडरिया लुम्बिनी नक आउट ईण्डो नेपाल क्रिकेट टुर्नामेन्टमा भारतीय पुल अन्र्तगत ३ वटा खेल सम्पन्न भएको छ । तेस्रो खेलमा अजाज–११ ले अल सलफिया क्लबलाई ७४ रनले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
निर्धारित १५ ओभरको खेल भए पनि अल सलाफिया क्लबले समयमा रिपोर्टिङ नगर्दा खेल १२/१२ ओभरमा छोट्टयाईएको थियो । समायमा नआउने सलफिया क्लबलाई आयोजकले १ ओभर जरिवाना लगाएको थियो । टस जितेर ब्याटिङ्को लागि आएको अजिज–११ ले १२ ओभरमा ९ विकेट गुमाउदै १ सय २५ रन जोडेको थियो । अजिजको ओपनर इमरान अहमदले २० बलमा ५० रनको पारी खेले । अर्धशतकिय पारी खेल्ने क्रममा अहमदले २ चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै अर्को ओपनर सोमनाथले २० बलमा ३२ रन जोडे पनि अन्य ब्याट्सम्यानको प्रदर्शन औषत रहेको थियो । अल सलाफिया क्लबका अरमनले ३ विकेट लिए ।
१ सय २६ रनको विजयी लक्ष्य सहित मैदान प्रवेश गरेको अल सलाफियाले ५१ रन जोड्दै सबै विकेट गुमायो । अल सलाफियाका बकतरले १८ रन बाहेक अन्य ब्याट्म्यानहरु चल्न सकेनन् । अल सलाफियालाई सस्तोमा समेट्ने क्रममा अजाज–११ का सोबनाथले ५ विकेट तथा सहेरुले ३ विकेट हात पारे । अर्धशतकिय पारी खेलेका अजाज–११ इमरान अहमद खेलको म्यान अफ द म्याच घोषित भएका थिए ।
यस्तै आजै सम्पन्न अर्को खेलमा विजयनगर स्टार क्लबले सन्त कबिरनगर माथि ५९ रनको जित निकाल्दै चरणमा प्रवेश पाएको छ । सन्त कबिरनगरले टस जितेर स्टार क्लबलाई ब्याटिङको निम्तो दिएको थियो । निर्धारित १२/१२ ओभरको खेलमा विजयनगरले १२ ओभरमा ८ विकेट गुमाउदै १ सय ४७ रन जोडेको थियो । विजयनगरका लागी अरफान खानले १५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ३५ रन प्रहार गरे । साथै सन्दिपले ८ बलमा २७ रन जोडे । विजयनगरका लागी अंकितले ५ बलमा २३ रनको आक्रामक पारी खेले । सन्त कबिरनगरका बिपिनले ३ विकेट तथा माधवले २ विकेट लिए ।
१ सय ४८ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको सन्त कबिरनगरले १२ ओभरमा ८ विकेट गुमाउदै ८८ रन मात्र जोड्न सफल भयो । कबिरनगरका बिशालले २७ बलमा ४४ रन जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे पनि अन्य ब्यट्सम्यानको प्रदर्शन भने कमजोर रहेको थियो । सन्त कबिरनगरलाई सस्तोमा रोक्न विजयनगरका रजत र अंकितले समान ३÷३ विकेट लिए । खेलको म्यान अफ द म्याच अल–राउन्डर प्रदर्शन गरेका अंकित भए ।
आजै सम्पन्न अर्को खेलमा न्यू फ्रेन्ड्स कोल्हुईले जावेद स्टार क्रिकेट क्लबलाई ७८ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ्गको निर्णय गरेको कोल्हुईले १२ ओभरको खेलमा ९ विकेट गुमाउदै १ सय ५६ रन बनाएको थियो । कोल्हुईका लागी अब्दुल कादिरले १८ बलमा ४४ रन बनाएका थिए । यस्तै मोनुले ११ बलमा २९ रन र अजीतले १२ बलमा २७ रन जोडेका थिए । जावदे स्टार क्रिकेट क्लबका फैजलले ३ ओभरमा २८ रन खर्चिएर ३ विकेट लिएका थिए । यस्तै मुस्तफिजुरले ३ ओभरमा २७ रन दिदै ३ विकेट लिएका थिए । जावेदका अर्का बलर अजयले २ ओभरमा ३६ रन खर्चिएर १ विकेट मात्र हात पारे ।
१ सय ५७ रनको विजयी लक्ष्य पाएको जावेदको टिम ८ दशमलव ५ बलमा अलआउट हुदै ७८ रन मात्र जोड्न सक्यो । उसका लागी मुस्तफिजुरले ९ बलमा २० रन, अङग्रेजले १५ बलमा १९ रन र शहरयारले ४ बलमा १३ रन बनाए । जावेदलाई सास्तोमै समेट्ने क्रममा कोल्हुईका अजीतले २ ओभरमा ३१ रन दिएर ३ विेकट लिएका थिए । यस्तै धर्मेन्द्र र बादलले समान २/२ विकेट लिए ।
भोलीको खेल नेपाली पूल अन्र्तगत पहिलो खेल पदमा होटल प्राली र ओजस कन्स्ट्रक्सनका बिच र अर्को खेल खाँन क्रिकेट क्लब धकधई बिरुद्ध एमसिसि कपिलवस्तु बिच हुने लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेनले जनाएका छन् ।
१ लाख २५ हजारको प्रथम पुरस्कार राशी रहेको प्रतियोगितामा द्धितिय हुनेलाई ७० हजार दिईनेछ । साथै म्यान अफ द मैच, म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याट्सम्यानलाई पनि पुरस्कारको ब्यवस्था गरिएको छ । नव युवा क्लब पडरिया, लुम्बिनीको आयोजनामा भई रहेको प्रतियोगितामा नेपालका १६ र भारतका १६ गरि ३२ वटा क्रिकेट टिमको सहभागीता रहेको छ ।
प्रतिक्रिया