ताजा अपडेट »

माओवादी केन्द्र मुसिकोटमा टोल कमिटी गठन

आइतबार, २२ फागुन २०७८

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) केन्द्र गुल्मीको मुसिकोट नगर कमिटीले त्यहाँका विभिन्न वडाहरुमा टोल कमिटी र जनवर्गिय संगठन विस्तार गर्न सुरु गरेको छ ।त्यस वडा कमिटी अध्यक्ष दुर्गा खड्काका अनुसार विस्तारका सुरुवात वडा नम्वर ३ बाट सुरु गरिएको हो । पेगाँ, धरमपानी, खिल्दी र जलुकेलाई एक नम्वर टोल कमिटी गठन गरिएको छ । धरमपानी गाउँकी अगुवा महिला पार्वती घिमिरेको नेतृत्वमा ५४ सदस्यीय टोल कमिटी गठन भएको हो ।

त्यस्तै सेनीपिप्ले, थुम्का, भराह, कालिमाटी, भरचौर चुँदरीगाउँ दाम्का र ठुलापोखरालाई दुई नम्वर टोल कमिटी गठन गरिएको छ । जुन टोल कमिटी तारा रिजालको नेतृत्वमा ४१ सदस्यीय गठन गरिएको छ । त्यस्तै गोहडा, ठुलाचौर, ठुलापोखरा, तोलादी टोल कमिटीलाई ३ नम्वर वडा कमिठी गठन गरिएको छ । जसमा माओवादी केन्द्र मुसिकोट मैदानका पुराना नेता धनबहादुर बिश्वकर्माको नेतृत्वमा ३७ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

त्यस्तै माओवादी केन्द्र निकट जनवर्गिय संगठनको नेतृत्व जिम्मेवारी बाँडफाड पनि वडा नम्वर ३ मा बसेको भेलाले गरेको छ । युवा संगठन वाईसियल वडा नम्वर ३, वडा कमिटीको नेत्व बिष्णु कुमार खड्कालाई जिम्मेवारी दिईएको छ ।त्यस्तै महिलाहरुको संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) वडा नम्वर ३ को वडा कमिटीको नेतृत्व जलुकेगाउँकी बिष्णु कुमारी खड्कालाई जिम्मेवारी दिईएको छ ।

त्यस्तै सो पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी मुसिकोट वडा नम्वर ३ को वडा कमिटी पेंगाका विद्यार्थी नेता कपिल रायमाझीको नेत्वमा गठन गरिएको छ । त्यस्तै वडा नम्वर ३ को दलित संगठन दलित मुक्तीमोर्चा वडा कमिटी संयोजक बाबुराम सुनार रहेका छन् ।

त्यस्तै सो पार्टी निकट उद्योग ब्यवायी संघठन वडा नम्वर ३ को वडा कमिटी बिष्णुबहादुर बिकको नेतृत्वमा गठन गरिएकोे छ । त्यस्तै अखिल मजदुर संगठन वडा नम्वर ३ को वडा कमिटी बलबिर बिकको अध्यक्षतामा गठन गरिएको छ ।

ति सम्पुर्ण जनवर्गिय ईन्चार्ज माओवादी केन्द्र गुल्मी जिल्ल सल्लाहकार समितिको सदस्य गोमबहादुर सुनार रहने भेलाले निर्णय गरेको छ । त्यस्तै सह–संयोजक धनबहादुर बिश्वकर्मालाई जिम्मेवारी दिईएको छ ।

मुसिकोट नगरपालिकाका भित्रका ९ वटै वडामा टोल र सेल कमिटी सहित सम्पुर्ण जनवर्गिय संगठन निर्माणको काम चैत्रको पहिलो र दोश्रो हप्ता भित्र सम्पन्न गर्न माओवादी केन्द्र , निर्वाचन क्षेत्र नम्वर २ क प्रदेशका संयोजक तथा कार्यक्रममका प्रमुुख अतिथी खुमबहादुर थापा (अशोक) ले कायकर्ताहरुलाई निर्देशन दिएका छन् ।

यस्तो निर्देशन दिदै उनले कार्यकर्ताहरुलाई भने –‘ बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र निर्णायक शक्ति हुुने छ र गठबन्धनबाट चुुनाव हामीहरु कै पोल्टामा आउने छ , उत्साहका साथ पार्टी निर्माणमा खट्नुहोस् ।’वडा भेलामा मुसिकोट नगरपालिका वडा नम्वर ३ बाट विभिन्न पार्टी परित्याक गरि दर्जनौ अगुवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

भेलालाई माओवादी केन्द मुसिकोट नगरकमिटीका उपाध्यक्ष प्रेमबहादुर खड्कथोकी, सह–सचिव प्रकाश चालिसे, सो पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी मुसिकोट नगर कमिटीका अध्यक्ष सुनिल न्यौपाने लगायतले मन्तब्य राखेका थिए । त्यस वडा कमिटी अध्यक्ष दुर्गाबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उनै विद्यार्थी नेता न्यौपानेले गरेका थिए ।