ताजा अपडेट »

बुटवलबाट पाल्पा जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिँदा सारुको मृत्यु

आइतबार, २२ फागुन २०७८

बुटवल । पाल्पामा बसले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो तानसेन गाउँपालिका– ८ भालेबास स्थित सिद्दार्थ राजमार्गमा बुटवलदेखि पाल्पा तर्फ जाँदै गरेको लु २ ख ८३५ नम्बरको बसले लु ७७ प २२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट माथागढि गाउँपालिका–२ खहरेका २७ वर्षीय ऋषिकेश सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते सारुको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज प्रभाषमा मृत्यु भएको हो ।