बुटवल । बुटवल ११ को मजुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अधिवेशनबाट माओवादी केन्द्रको नेतृत्वमा रहेको प्यानलले विजय प्राप्त गरेको छ । गठबन्धनको तर्फबाट अध्यक्षको उमेदवार रहेका पुर्ण बहादुर (प्रकाश)परियारले ४०६ मत प्राप्त गर्दै बिजय भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश श्रेष्ठले २११ मतमात्रै प्राप्त गरेका छ्न ।
यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता सिंह बहादुर बोगटीले ३३९ मत प्राप्त गरि बिजयी हुँदै गर्दा उनका प्रतिस्पर्धी ज्ञानप्रसाद भण्डारीले २५६ मत प्राप्त गरे उनी नेकपा एमालेका तर्फबाट उम्मेदवारी हुन । यस्तै सचिवमा गठबन्धनबाट नेपाली काङ्ग्रेसका नेतृ लक्ष्मी कंडेलले ३६९ मत प्राप्त गर्दै विजयी भएकी छ्न भने उनका निकटतम प्रतिद्वन्दी एमालेका हुमाकान्त लम्सालले २२४ मत प्राप्त गरेका छ्न ।
कोषाध्यक्षमा गठबन्धनकि कमला पाण्डेले ३४८ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका तर्फबाट उम्मेद्बारी दिएका मनकुमारी खत्री २४२ मत प्राप्त गरेका छ्न । यस्तै सदस्यहरुमा गठबन्धनका तर्फबाट सबै उम्मेदवारले बिजयी प्राप्त गरेका हुन । सदस्यहरुमा विक्रम गुरुङ, दीपा क्षेत्री, राजकुमारी विश्वकर्मा, रोशन केसी, भोज बहादुर पोख्रेल, हर्क जिसि र रनबहादुर गुरुङले अत्याधिक मतसहित बिजय प्राप्त गरेका छ्न । गठबन्धन विरुद्ध एक्लै उभिएको एमालेले भने कुनै सदस्यसमेत जित्न सकेन ।
प्रतिक्रिया