ताजा अपडेट »

दमौली बजारमा भीषण आगलागी, १२ घरमा फैलिएको अनुमान

आइतबार, २२ फागुन २०७८

दमौली। तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । दमौलीको मुख्य बजार क्षेत्रको भूपाल हार्डवेयरबाट बिहान १० बजेबाट आगलागी सुरु भएको र अहिले (११:४०बजे )सम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।

आगो बजार क्षेत्रमा लागेको र करिब १२ वटा घरमा फैलिएको अनुमान छ । सो क्षेत्रमा चार वटा दमकल आगो नियन्त्रणका लागि परिचालन गरिएको छ ।