किभ । रुसले दुई सहरमा युद्धविरामको घोषणा गरेको छ। रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बिबिसीले जनाएको छ ।
बीबीसीका अनुसार रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्को समय १० बजे आक्रमण रोक्न बताएको छ। मानिसहरूलाई मद्दत गर्न मानवीय कोरिडोरहरू खोल्न सकियोस् भनेर उक्त कार्य गरिएको हो। यस मार्फत, मारिउपोल र भोल्नोभाखा सहरका नागरिकहरूलाई मद्दत गरिनेछ।
रुसी सरकार समर्थित मिडिया स्पुतनिकले पनि यो युद्धविराम ६ बजेदेखि लागू हुने र यस अवधिमा सर्वसाधारणलाई सहयोग गर्न मानवीय करिडोर खोलिने जानकारी दिएको समाचार बीबीसीमा छ।
युक्रेनको धेरैजसो क्षेत्रमा विनाशकारी मानवीय संकटको आशंका व्यक्त गरिएको बेला युद्धविरामको घोषणा गरिएको हो। किभ, खार्किभ, सुमी, चेर्निगोभ र मारिउपोल सहरहरू सबैभन्दा बढी युद्ध प्रभावित भएका छन्।
युक्रेनका राष्ट्रपतिका सहयोगी मिखाइल पोडोलियाकले करिब २ लाख मानिसहरू मारियुपोल छोड्ने प्रयास गरिरहेको बताए। लगभग २० हजार मानिसहरू डोनेट्स्क क्षेत्रको भोल्नोभाखा क्षेत्र छोड्न चाहन्छन्।
हाल युक्रेनको सबैभन्दा ठूला बन्दरगाह भएका दुई सहर मारिउपोल र भोल्नोभाखालाई रुसी सेनाले घेरेको छ र यहाँ आक्रमण जारी छ।
प्रतिक्रिया