कार्तिक २२,
ग्लोबल आवाज
काठमाडौँ । साताको छैटौ दिन शुक्रबार सुनको मूल्य घटेको छ । साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा बृद्धि भएकोमा शुक्रबार पुनः मूल्यमा घटेको हो । आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मुल्य बिहीबार बढे पनि शुक्रबार पुनः घटेको छ ।
आज शुक्रबार छापावाल सुन ६९ हजार नौ सयमा कारोबार भैरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार छ सयमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुन प्रतितोला ६९ हजार छ सयमा कारोबार भैरहेको छ । त्यस्तै शुक्रबार चाँदी प्रतितोला आठ सय ३५ रुपैयामा कारोबार भइरहेको छ ।
प्रतिक्रिया