ताजा अपडेट »

रुपन्देही सुपर लिग : होराइजनलाई पराजित गर्दै क्रिकेट क्लब विजयी

शनिबार, २१ फागुन २०७८

बुटवल । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७८ अन्तर्गत शुक्रबारदेखि “ए” डिभिजनका खेल सुरु भएको छ । “ए” डिभिजनकाे पहिलो खेलमा मेलबर्न क्रिकेट क्लब विजयी भएको छ । मेलबर्न क्रिकेट क्लबले न्यु होराइजन क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको हो

। भैरहवाकाे सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङमा आएको न्यु होराइजन क्रिकेट क्लबले ५० ओभरको खेलमा २२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५१ रनको योगफल बनाएको थियोे । उसका लागि बिक्रम सिंह बि.क. ले २३ रन, कुशल मल्ल ७ रन, बिशाल खत्रीले ८ रनको योगदान थिए भने अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा मेलबर्नका शेहजाद आलाम धोबी २, रोशनलाल गुप्ता २, रमेश कुर्मि २, सन्तोष यादव २ र शिव कुमार मौर्याले १ विकेट लिएका थिए । जवाफी ब्याटिङ गरेको मेलवर्नले २ विकेटको क्षतिमा मात्रा १३ दशमलव ३ ओभर खेल्दै ५५ रन बनाउदै जित निकालेको थियोे । मेलबर्नको जीतमा मिर्नाल गुरुङले १० रन, सुशन्त थापा १५ रन, विजय प्रजापति १७ रन र सबिन रत्न शक्यले ९ रन जोडेका थिए भने बलिङमा होराइजनका पुर्षाेत्तम भट्टराई र तुल बहादुर थापाले १/१ विकेट लिएका थिए ।

आजको खेलमा राेशनलाल गुप्ता म्यान अफ द म्याच भई पुरस्कृत भएका छन् । शनिबारबार लुम्बिनी खुकुरी क्लब र प्रोफेशनल मास्टर बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।