बुटवल । रूपन्देहीको तिलोत्तमामा क्रियाशील भलवारी जेसीजले नवलपुुरको चोरमारामा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । “हिडौँ, स्वस्थ रहौँ” भन्ने मन्त्रका साथ मेची महाकाली उल्टो पैदल यात्राका यात्री ऋषि परियारलाई आज (बिहीबार) साँझ मध्यविन्दु–७, नवलपुर पुगेर सम्मान गरेको हो ।
पूर्वबाट पैदल यात्रा शुरू गरेका यात्री परियारको आजको बासस्थानमै पुगेर भलवारी जेसीजले सम्मान गरेको थियो ।शाखाका वर्ष २०२२ का अध्यक्ष किशोर पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा उल्टो पैदलयात्री परियारलाई पूर्व अध्यक्ष मुक्तिनाथ गैह्रेले शाखाको तर्फबाट सम्मान सहित नगद हस्तान्तरण गरे।
सो अवसरमा बोल्दै सम्मानित पैदलयात्री परियारले आफूलाई खोजी–खोजी बासस्थानमै आएर सहयोग र सम्मान गरेको भन्दै औधी खुशी लागेको बताए। शाखाका महासचिव जीवन भट्टराईको सञ्चालन, सैनामैना जेसीजका अध्यक्ष रामचन्द्र ढकाल र पाल्पा जेसीजका महासचिव सुनील चापागाईको उपस्थितिमा भएको कार्यक्रममा स्थानीय नेतृ सुनिता रामदाम लगायतले बोल्दै अभियन्ताको खोजी र सम्मानका भलवारी जेसीजप्रति आभार व्यक्त गरे ।
प्रतिक्रिया