काठमाडौँ । बेलायती सैन्य गुप्तचर एजेन्सीले युक्रेनको राजधानी किभतर्फ जाँदै गरेको रुसी सैन्य लस्कर पछिल्लो तीन दिनमा केही टाढासम्म मात्रै अघि बढेको छ । यद्यपि, यो लस्कर निकै सुस्त गतिमा अघि बढिरहेको तर किभ र अन्य शहरमा रुसको हवाई हमला लगातार जारी छ ।
बेलायती सैन्य गुप्तचर एजेन्सीलाई उद्धृत गर्दै यो रुसी सैन्य लस्कर राजधानीको उत्तर दिशातर्फ अघि बढिरहेको जानकारी दिइएको छ ।हालको समयमा यो लस्कर राजधानीबाट लगभग ३० किलोमिटरको दुरीमा छ । रुसको लस्करमाथि युक्रेनको सेना र जनताले व्यापक विरोध गरिरहेका छन् ।
यद्यपि, रक्षा मन्त्रालयको खबरमा खारकिएभ, चेर्नेहिएव र मारियुपोल अहिले पनि युक्रेनकै नियन्त्रणमा छ । बेलायतका अनुसार रुसले आफ्ना सैनिक मारिएको र घाइतेको जुन आँकडा पेश गरिएको छ, वास्तवमा मारिएका र घाइतेको संख्या त्योभन्दा थुप्रै गुणा बढी छ ।-एजेन्सी
प्रतिक्रिया