ताजा अपडेट »

मिडिया कप फुटसलः सञ्चारिका समूह र क्रियाशिल महिला पत्रकार बीच मैत्रिपूर्ण प्रतियोगिता

विहीबार, १९ फागुन २०७८

बुटवल । ग्लोबल सञ्चारगृहद्वारा सञ्चालित ग्लोबल आवाजको आयोजनामा हुन लागेको दोस्रो टेन स्टिल्स मिडिया कप फुटसल प्रतियोगिता–२०७८ मा मैत्रीपूर्ण प्रतियोगिता पनि हुने भएको छ । सञ्चारिका समूह रुपन्देही र क्रियाशिल महिला पत्रकार, रुपन्देहीका बीच मैत्रिपूर्ण फुटसल प्रतियोति हुने कार्यक्रम संयोजक डी.बि. सुस्लिङले बताए । खेल फागुन २० गते तिलोत्तमा नगरपालिका स्थित भलवारीको सनराइज फुटसल एरिनामा हुँदै छ ।

मैत्रिपूर्ण प्रतियोगितामा विजेता हुने टिमले नगद पुस्कारका साथै कप, मेडल र प्रमाणपत्र पनि प्राप्त गर्ने खेल संयोजक सुस्लिङले बताए । प्रतियोगितमा महिला संचारकर्मीहरुलाई पनि सबै संचारकर्मी साथिहरु नछुटुन भन्ने उद्धेश्यले मैत्रीपूर्ण फुटसल प्रतियोगिता पनि थप गरिएको ग्लोबल संचार गृहका संचालक गौतम भूसालले बताए । सञ्चारिका समूह रुपन्देहीकी अध्यक्ष निरु गौतमले मिडिया कप फुटसल प्रतियोगितमा महिला संचारकर्मीहरुका बीच मैत्रीपूर्ण फुटसल राखिएकोमा खुसि व्यक्त गरिन् ।

यस्तै क्रियाशिल महिला पत्रकारकी रुपन्देही अध्यक्ष कल्पना तिवारीले पनि जुनसुकै काम र खेल गर्न पनि महिला संचारकर्मीहरु सक्षम रहेको प्रतिक्रिया दिइन् । फागुन २० गते ग्लोबल आवाज अनलाइन प्रत्रिकाले आयोजना गरेको दास्रो टेन स्टिल्स मिडियाकप फुटसल प्रतियोगितमा १४ टिमको सहभागित रहेको खेल संयोजक सुस्लिङले बताए । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार नगदसहित ट्रफि, कप, मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो पुरस्कार १५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र रहेको छ ।

यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले ३ हजार ५ सय नगद राशीसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सुस्लिङले जानकारी दिए । विधागत तर्फका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उत्कृष्ट फरवार्डरले जनही २५०० नगद राशीसहित मेडल र प्रमाणपत्रले सम्मानित हुने छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि ४ लाख बढी खर्च अनुमान गरिएको मिडिया कप फुटसलको मुख्य प्रायोजक टेन स्टिल्स प्रा.लि.र हाइलाईफ फुड्स सहप्रायोजक, साइन रेसुङ्गा डेभलप्टमेन्ट बैंक लिमिटेड बैंकिङ पाट्नरका रुपमा रहेको छ ।