बुटवल । जे .आर. वन डे ट्राइ सिरिजको उपाधि वेस्टर्न क्रिकेट एकेडेमीले हात पारेको छ । रुपन्देहीको नरेश्वर क्रिकेट मैदानमा २ दिनदेखी सन्चालन भएको प्रतियोगितामा जे. आर. क्रिकेट एकेडेमीलाई १०४ रनको अन्तरले पराजित गर्दै वेस्टर्नले उपाधि हात पारेको हो । खेलमा वेस्टर्नका देब खनाल म्यान अफ दी म्याच घोषित भए भने जे आरका बिशाल भुषाल हाइयस्ट स्कोरर बने ।
बुटवलबाट ए डिभिजन खेल्ने ३ टिमबीच प्रतिष्पर्धा गराइएको जे.आर. क्रिक्रेट एकेडेमीका अध्यक्ष गंगाराम सुनारले जानकारी दिए । कार्यक्रममा बिजयी टिमलाइ पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदीले स्थानीय स्तरबाट खेलको विकासको लागि नगरले बिभिन्न योजनाहरुको काम गरिरहेको बताए ।
उनले क्रिकेटको हबको रुपमा विकास भैरहेको बुटवल क्षेत्रमा खेलाडीको वृद्धि बिकासकालागी नगर खेलकूदमार्फत कार्यक्रमहरु सन्चालन गरिरहेको बताउँदै आगामी दिनमा स्थानीय खेलाडीहरुलाइ नगरले अझै धेरै प्रोत्साहन गर्ने बताए ।
एकेडेमेकी संयोजक अनिशा लोहनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बुटवल उपमहानगरपालीकाकी उपप्रमुख गोमादेबी आचार्य, नगर खेलकूद विकास समितीकाअध्यक्ष नन्दु काउचा, मदन भण्डारी स्पोर्टस एकेडेमीका जिल्ला सचिव बिनोद आचार्य लगाएतले बोल्दै निजी लगानीमा बनेका एकेडेमीहरुले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै जे.आर. क्रिक्रेट एकेडेमीको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया