बुटवल । ६ हजार ८७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ४ हजार ६७२ जनाको पिसिआर गर्दा १२३ र २ हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जना गरी १२७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित छन्।
बिहीबार ३१२ जना संक्रमित निको समेत भएका छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। यस्तै काठमाडौंमा ३० संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १८ भक्तपुरमा ४ र ललितपुरमा ८ संक्रमित थपिएका छन्।
प्रतिक्रिया