काठमाडौं । युक्रेनमा रहेका मध्ये २३० नेपालीले सीमा पार गरेका छन् । रुसले आक्रामण सुरु गरेपछि त्यहाँ रहेका नेपालीले युक्रेन छोडेका हुन् । गैर आवासीय नेपाली संघ ९एनआरएनए०का उपाध्यक्ष डा। बद्री केसीका अनुसार युक्रनेमा रहेका करिव ४०० नेपालीमध्ये २३० जनाले युक्रेनको सीमा पार गरेर पोल्याण्ड, हंगेरी, स्लोभाकिया लगायतका देशमा पुगेका हुन ।
युक्रेनमा रहेका चार सयमध्ये ९० प्रतिशत युक्रेनको सीमा क्षेत्रमा आइपुगेको उनको भनाइ छ । युक्रेनमा रहेका अन्य नेपालीकोसमेत उद्धारको प्रयास भइरहेको छ । ‘युक्रेनमा रहेका चार सय नेपालीमध्ये २३० जनाले सीमा पार गरेका छन्’, केसीले भने , ‘९० प्रतिशत नेपाली युक्रेनको सीमामा रहेका अन्य देशमा आएसकेका छन् । बाँकी १० प्रतिशत युक्रनेमै रहेका छन् ।’
बाँकी सबै युक्रेनको खार्कोभ सहरमा सुरक्षित अवस्थामै रहेको उहाँले बताउनुभयो । खार्कोभ सहरबाट बाहिर निस्कन असुरक्षित भएकाले त्यहाँ रहेका सबैलाई एकरदुई दिनको अवस्थापछि मात्र बाहिर निस्कन आग्रह गरिएको केसीको भनाइ छ ।
सीमा क्षेत्रमा रहेका सबैलाई खाने, बस्ने व्यवस्था गर्नका लागि एनआरएनएका स्वयम्सेवक खटिएको उनले बताउँछन् । अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको केसी बताउँछन् ।
रेष्टुरेन्ट बन्यो आश्रयस्थल
स्लोभाकियको राजधानी ब्रातिस्लाभामा रहेको ‘नेपाल रेस्टुरेन्ट’लाई अहिले उद्दार केन्द्र बनाइएको छ। स्लोभाकियमा विगत १० वर्षदेखि रहँदै आउनुभएका ताप्लुेङका जयप्रसाद सिवाकोटीले १५ दिनका लागि रेस्टुरेन्ट बन्द गरेर त्यसलाई ट्रान्जिट केन्द्रको रुपमा विकास गरेका हुन्।
मंगलबार कुरा गर्दै भने, ‘अहिले १५ जनाले रेस्टुरेन्टमा आश्रय लिनुभएको छ। उहाँहरुलाई आजै अन्यत्र पठाएर भोलि स्लोभाकियाको सिमानामा आउन लाग्नुभएका १२ जना नेपालीलाई राख्ने तयारी गरेका छौँ छौं। यहाँ ठाउँ सानो भएकाले केही समय यहाँ राखेर तातो खाना खुवाएर उहाँहरुलाई बस्नका लागि अन्यत्र पठाउने गरेका छौं।’
सीमा पार गरेर त्याहाँ आइपुगेका नेपाली थकित देखिन्छन्। सबै चिसो र भोकले लखतरान परेको पाइएको उहाँको भनाइ छ।। ‘निकै दुःख पाएर आउनु भएको छ उहाँहरुलाई हामीले तातो चिया मात्र होइन तकारी, भात र साग पाकाएर खुवायौं त्यसपछि उहाँहरुले घरै पुगेको अनुभव गर्नुभयो’, उनले थपे।
उनले आफूहरुले रुस र युक्रेनबीच युद्ध सुरु भए पछि तत्कालै जर्मनस्थित नेपाली दूतावासमा छलफल गरेर नेपालीको उद्धारमा जुट्ने तयारी गरेको र त्यो सफल भएको बताए।
उनले स्थानीयहरुले निकै सहयोग गरेको उल्लेख गरे। उनीहरुले नयाँ फ्ल्याडहरु खाली गरेर त्यहाँ आएका नेपालीलाई खाने बस्ने व्यवस्था मिलाएका छन्। युक्रेनमा रहेका सबै नेपाली स्लोभाकिया आइपुगे पनि आफूहरुले एक महिनासम्म राख्न सक्ने लजिस्टिक व्यवस्था मिलाएको सिवाकोटीले बताए।-गोरखापत्र अनलाइन
प्रतिक्रिया