ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना, १ जना गम्भीर घाइते

मंगलबार, १७ फागुन २०७८

बुटवल । रुपन्देहीको तिलोत्तमा सवारी दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन । मंगलबार साँझ बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८८७७ नम्बरको माइक्रो बसले सोही दिशातर्फ गइरहेको लु ४० प ६७२१ नम्बरको स्कुटरलाई तिलोत्तमा नगरपालिका- १ शंकरनगरमा ठक्कर दिएको थियो ।

दुर्घटनाबाट स्कुटरका चालक गम्भीर घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते पुरुष रहेको र उनको परिचय खुल्न बाकी रहेको प्रहरीले जनाएको छ।