ताजा अपडेट »

बुटवल अटो इन्जिनियरिङ एसोसिएशनको अध्यक्षमा न्यौपाने

मंगलबार, १७ फागुन २०७८

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको १४ औँ अधिबेशजवाट अध्यक्षमा तुल्सीराम न्यौपाने विजयी भएका छन् । निर्वाचन मार्फत न्यौपानेको प्यानल नै विजयी बनेको हो । निर्वाचनमा तीन प्यानल चुनावि मैदानमा थियो ।

अध्यक्षका प्रत्याशी न्यौपानेले २१२ मत पाएका छन भने उनका प्रतिस्पर्धी चन्द्रमणि भण्डारीले १२२ र प्रेम गौचनले १२० मत प्राप्त गरेको निर्वाचन अधिकृत शालिकराम बन्जाडेले जानकारी दिए। उद्योग उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र वाणिज्य उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ विजयी भएका छन्। महासचिवमा ध्रुवराज भुसाल, कोषाध्यक्षमा चिन्तामणि खनाल र सचिवमा पूजा गैरे निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा देवीकला पौडेल, राजेशकुमार जोशी, पोषराज अर्याल, सुशील पाण्डे, शिशुमाया अर्या, युवराज ढकाल, शिवप्रसाद बजगाई र भरत साहानी विजयी भएका छन् । आगामी दिनमा सबै व्यवसायीलाई समेटेर बिगतका महत्त्वपूर्ण अधुराकाम पुरागर्ने ,सबैको हक हितको लागि सवैलाई समेटेर अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष न्यौपानेले बताए ।