ताजा अपडेट »

भारतसँग जोडिएका रूपन्देही, कपिलवस्तु, नवलपरासीका सीमानाका ३ दिन बन्द

मंगलबार, १७ फागुन २०७८

बुटवल । रूपन्देही, कपिलवस्तु, नवलपरासीका सीमानाका तीन दिन बन्द हुने भएका छन्। भारतको उत्तरप्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने विधानसभा निर्वाचनका लाागि सीमानाका बन्द हुने भएका हुन्।

नवलपरासी, रुपन्देही र भारत महाराजगञ्ज जिल्लाका सुरक्षा अधिकारीको आइतबारको भर्चुअल बैठकले आज साँझ ६ बजेदेखि १९ गते बेलुका ६ बजेसम्म नाका सिल गर्ने निर्णय गरेको हो । १९ गते हुने निर्वाचनको ४८ घण्टाअघिदेखि सुरक्षाको कारण देखाएर नेपाल आवतजावत गर्न बन्द गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

निर्वाचनको सुरक्षा संवेदनशिलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।