कार्तिक २१,
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १४ मा सञ्चालित मेगा फुड्स एण्ड वेभरेज प्रा.लि.मा नेपालका लागि कोरियन राजदुत पार्क योङ सिक्ले अवलोकन गरेका छन् । उद्योगले मेङ्गो जुस, लिचि र पानी उत्पादन गर्दै आएको छ । उद्योग अवलोकनका क्रममा राजदुत सिक्ले उद्योग स्थापना गरेर रोजगारीको सृजना गरि आयात प्रतिस्थापन गर्न समेत योगदान पुर्याकोमा उद्योग सञ्चालकहरुको प्रशंसा गरे ।

उनले समुहमा मिलेर काम गर्दा राम्रो प्रतिफल हासिल हुने भएकोले व्यवसायिक सफलताको लागि मिलेर काम गर्न आग्रह गरे । राजदुत सिक्ले कम्पनीलाई कोरियन सरकार र राजदुतावासको तर्फवाट प्राविधिक सहयोग उपलव्ध गराउन पहल गर्ने बताउँदै कोरियाका उद्योगहरुमा अध्ययन अवलोकन भ्रमण गरेर उद्योग सञ्चालन सम्बन्धी सिकाई आदानप्रदान गर्न सकिने जनाएको उद्योगका निर्देशक विष्णु प्रसाद पौडेलले जानकारी दिए । त्यसअवसरमा कम्पनीका तर्फबाट अध्यक्ष हरि प्रसाद न्यौपानेले राजदुत सिक्लाई स्वागत गर्दै उद्योगको अवस्था बारे जानकारी गराएका थिए । त्यस अवसरमा कम्पनीका निर्देशकहरु विष्णु प्रसाद पौड्याल, कृष्णप्रसाद गौतम, यमदत्त शर्मा र खिमानन्द भुसालको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया