ताजा अपडेट »

रुपन्देहीको सैनामैना कोभिड-१९ विरुद्धको पूर्ण खोप नगर घोषणा

सोमबार, १६ फागुन २०७८

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरलाई सोमबार एक समारोहकन बीच राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले घोषणा गरेका हुन् ।

सैनामैनामा ६७ हजार ५९७ जनालाई कोरोना विरुद्धको खोप लगाइएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी गराए । पूर्णखोप सुनिश्चिततासँगै दिगोपनाका लागि प्रतिवद्धतामा हस्ताक्षर गर्ने कार्यक्रम सामेत भएको छ । कार्यक्रममा उपस्थित लुम्बिनी पदेश सभा दस्य भोजप्रसाद श्रेष्ठ, सांसद कमला विश्वकर्मा, भुमिश्वर ढकाल लगायतले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्यका लागि सक्षम प्रणाली, रेडक्रस सोसाइटीको सहभागितामा सुलभ सर्वेक्षण गरि नगरका ९५ प्रतशत बढीले खोप लगाएको सुनिश्चित भएपछि नगरलाई पूर्ण खोप घोषणा गरिएको हो । सैनामैनाका ३ वटा वडाका १८० घरधुरीमा सुलभ सर्वेक्षण गर्दा पूर्ण खोप भएको पाइएको थियो ।

कोभिड- विरुद्धको अभियान अन्तरगत गत वर्षको फाल्गुन २३ गतेदेखि सैनामैना खोप लगाउन सुरु गरिएको थियो । नगरका सबै टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंसेवी तथा स्वास्थ्यकर्मीहरुको सक्रियताले नगरलाई पूर्ण खोप घोषणा गर्न सफल भएको नगर प्रमुख केसीले बताए ।