ताजा अपडेट »

बुटवलमा १७ जना बन्दकर्ता पक्राउ

सोमबार, १६ फागुन २०७८

बुटवल । बुटवलबाट १७ जना बन्दकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार उनीहरु बुटवलको बसपार्क र हस्पिटललाईनबाट पक्राउ परेका हुन् ।

वामपन्थी नेता तथा कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिट ब्यूरो सदस्य पे्रम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, बिरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहोरा लगायत १७ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । यस्तै पाल्पा, अर्घाखाँची लगायत देशका विभिन्न स्थानबाट पनि प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेको छ ।

राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले राष्ट्रघाती एमसीसी पारित एमसीसी पारित गरेको भन्दै ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा आज नेपाल बन्दको घोषणा गरेका थिए ।