ताजा अपडेट »

संसद भवनअगाडि शंकास्पद वस्तु

सोमबार, १६ फागुन २०७८

काठमाडौं । बानेश्वरस्थित संसद भवनअगाडि शंकास्पद वस्तु भेटिएको छ । एमसीसी अनुमोदनको विरोधमा आज नेपाल बन्दको आव्हान गरिएको छ ।

संसद भवनको सीधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको हो । अहिले त्यस क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।