बुटवल । दृष्टिविहिन क्रिकेट संघ , लुम्बिनीको १३औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनसम्पन्न भएको छ । आइतबार बुटवल –१२ नयाँगाउँमा आयोजित कार्यक्रममा बोल्दै अपाङ्ग महासंघ लुम्बिनी प्रदेश सचिब हुमनाथ अधिकारीले आगामी दिनमा संस्थासँग मिलेर हातेमालो गर्दै अगाडि बढने र आफूसहित महासंघ पनि सहयोग गर्ने कुरामा कहिल्यै पछि नसर्ने कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष निर्मल पौडेलले हिजो गरेको दुःखले आज संस्थाले थोरै भएपनि गर्व गर्ने काम भएको बताउँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्ना खेलाडीहरु सहभागिता तथा सफल भएको पनि बताए ।
सम्पन्न अधिवेशनबाट निर्विरोध नौ सदस्यीय कार्य समिति गठन भएको छ । समितिको अध्यक्षमा निर्मल पौडेल, उपाध्यक्षमा राम प्रसाद पौडेल , सचिवमा समिक्षा गेवाली,महासचिबमा रुपा बलाल , कोसध्यक्षमा खेमराज सापकोटा रहनुभएको छ। त्यस्तै , सदस्यहरुमा सीता दर्नाल , गीता पौडेल , अब्दुल अहिर , लोकेश डाँगी रहेका छन् ।
कार्यक्रममा संस्थाको आर्थिक प्रतिबेदन सस्थाकी कोषाध्यक्ष गीता पौडेल र संस्थाको प्रगति प्रतिवेदन संस्थाका सहसचिब खेमराज सापकोटाले प्रस्तुत गरेका थिए । ४० जनाको उपस्थितिमा भएको कार्यक्रमको संचालन संस्थाकी सदस्य समीक्षा ज्ञवालीले गरेकी थिइन् ।
प्रतिक्रिया