बुटवल । बुटवलको लायान्स आँखा अस्पताल नजिकै रहेको एक घरमा लागेको आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट करिब ५०/६० लाखको क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।
'आगलागीबाट धेरै यति नै क्षती भयो भनेर अहिले नै पूरा विवरण त आएको छैन तर घर धनिले नभए ५०/६० लाख क्षती भएको बताउनु भएको छ।' - उनले भने । आइतबार दिउँसो लागेको आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल आएको केसीले बताए । आगलागी बिधुत सड भएर लागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए ।
प्रतिक्रिया