ताजा अपडेट »

समाजवादी प्रेस संगठन रुपन्देहीद्वारा विभिन्न निर्णय

आइतबार, १५ फागुन २०७८

बुटवल । समाजवादी प्रेस संगठन, नेपाल रुपन्देहीले संगठन बिस्तारलाई तिब्रता दिने निर्णय गरेको छ । संगठनका रुपन्देही अध्यक्ष विनोद परियारको अध्यक्षतामा आइतबार बसेको बैठकले समाजवादी प्रेस संगठनमा पत्रकारिता गर्नेहरुको आकर्षण बढेकोले पनि संगठन विस्तारलाई तिब्रता दिने निर्णय गरेको हो ।

त्यस्तैगरी संगठनलाई थप मजबुत र व्यवस्थित गराउँदै अगाडि बढाउन सदस्यता विस्तारलाई बृद्धि गर्दै लैजाने, जिल्लाका पदाधिकारी तथा मन्त्रीस्तरीय बैठक बस्ने, सञ्चारसंग सम्बद्ध व्यक्तिहरुसंग अन्तक्रिया गर्ने र संगठनको बैंक खाता साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा खोल्ने लगायतका विभिन्न निर्णयहरु गरिएको छ ।

उक्त बैठक नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज डा. बालकृष्ण चापागाईंको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस्तैगरी बैठकमा संगठनका रुपन्देही सहसंयोजक शंकर पाण्डे, उषाकिरण पन्थ, सचिव पुनहरी बेल्वासे र सहसचिव कृष्ण रणपाललगायतको उपस्थिती रहेको थियो ।