वुटवल। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आफ्नो पहिचान कायम राख्नको लागि समुदायका व्यक्तिहरु संगठित हुनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन।
पोखरामा आईतवारबाट शुरु भएको तीन दिने कार्यशालाको पहिलो दिनमा बोल्ने बक्ताहरुले तीनै तहका सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई हक अधिकार प्रदान गर्नको लागि सहयोग गर्नुपर्ने बताएका हुन। यौन तथा लैङ्गिक अल्पसंख्यक महासंघ नेपालको आयोजनामा शुरु भएको समावेशी महिला संरक्षण र सुरक्षा एजेन्डामा युवा र यौन तथा लैङ्गिक अल्पसंख्यक समुदायको चिन्तनशील कार्यशालामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्क बहादुर कमालले यो समुहले संगठित भएर लागेमा आफ्ना समस्याको बारेमा सरकारसंग छलफल भएमा निकास निस्कने बताएका छ्न । उनले पहिचान र अस्थित्वलाई स्विकार्ने समय आउने बताउदै आफुले सक्दो पहल गर्ने बताए। उनले गण्डकी प्रदेश सहित अन्य क्षेत्रमा गएर काम गर्नको लागि पनि संगठित भएर लाग्नुपर्ने सुझाब दिएका थिए ।
यौन तथा लैङ्गिक अल्पसंख्यक महासंघ नेपालको आयोजना, ईन्टरनेशनल अलर्ट र युके एडको सहयोगमा सञ्चालित कार्यशालाको पहिलो दिनमा बोल्दै महासंघ नेपाल अध्यक्ष मनिषा ढकालले यहि समुदाय भएकै कारणले धेरै समस्याहरु भोग्नु परेको बताउदै समुदायका ब्यक्तिहरुका अधिकार प्रदान गर्नको लागि लागिपरेको बताईन। कार्यक्रममा बोल्दै ब्लु डाईमण्ड सोसाइटी ९निल हिरा समाज० अध्यक्ष पिंकि गुरुङ, सोसाईटीकै भुमिका श्रेष्ठलगायतले यस समुदायको हक अधिकार प्राप्त गर्नको लागि संगठित भईरहेको बताए । उनिहरुले यो समुदाय अझैपनी पछाडी परेको उल्लेख गर्दै आफ्नो पहिचान बनाउन लागिपरेको बताए।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयका नीति तथ्यांक तथा अनुसन्धान शाखा प्रमुख प्रमुख गौरीशंकर पाण्डेको सहजीकरणमा कार्यशालामा सञ्चालन भएको हो। कार्यशालामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत विभिन्न संघ सस्थाका प्रतिनिधि, एलजीबिटिआई समुदायका ब्यक्ती र पत्रकारहरुको सहभागिता रहेको छ। आईतवार शुरु भएको कार्यशाला फागुन १७ गते मंगलबार सम्म सञ्चालन हुने कार्यक्रम संयोजक सिम्रन शेरचनले जानकारी दिइन।
प्रतिक्रिया