ताजा अपडेट »

प्रतिनिधिसभा बैठक सुरु सांसदहरूको नाराबाजी

आइतबार, १५ फागुन २०७८

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएकाे छ । दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक दुई घन्टा ढिला गरी ३ बजे सुरु भएकाे हाे ।

बैठक सुरु भएलगत्तै एमालेसहितका सांसदको नाराबाजी सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन् । आजकाे बैठकमा अमेरिकी सहयाेग परियाेजना एमसीसीमाथि छलफलकाे कार्यसूची छ ।