काठमाडौँ । सत्ता गठबन्धनले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको हाे ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकाप एस (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस नेता कृष्ण सिटौला लगायतका नेता सहभागी थिए ।
बैठकअघि एमसीसीको विरोध गर्दै आएको माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पक्षमा संसदमा मतदान गर्ने निर्णय गरेको थियो । आइतबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल सुरु हुने र सकेसम्म आज नै एमसीसी अनुमोदन गर्ने गठबन्धनकाे जाेड छ ।
प्रतिक्रिया