ताजा अपडेट »

व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णय

आइतबार, १५ फागुन २०७८

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई पारित गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको नेताहरुको बैठकले  व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो । 

एमसीसीका बारेमा ‘व्याख्यात्मक घोषणा’सहित अनुमोदन गराउन प्रधानमन्त्री शेरबहादुर देउवा सहमत देखिएको भन्दै यसअघि पास नगर्ने अडान लिँदै आएको माओवादी केन्द्र गठबन्धन नै भत्किने अवस्था बनेपछि एमसीसी प्रस्तावलाइ सम्बोधन गर्ने बाटोतर्फ लागेको हो ।