मस्को । पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ ।
आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । राजधानीमा गोलाबारी र ठूला बिस्फोटका आवाजहरु सुनिएकाे जनाइएको छ ।
किभसहितका क्षेत्रमा रुसले मिसाइल आक्रमणको तयारी गरेको भन्दै साइरन बजाइएको छ । रुसबाट आउने मिसाइल ध्वस्त पार्नका लागि युक्रेनले एन्टी मिसाइल प्रणाली तयारी अवस्थामा राखेको छ । युक्रेनी सैनिकले आफ्नो रक्षा रणनीतिलाई अहिलेसम्म बलियो रुपमा कार्यान्वयन गरिरहेका छन् ।
प्रतिक्रिया