बुटवल । होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ ।
यस वर्षको शिवरात्री पौवासँग मनाऔं सँगै नाचौं, सँगसँगै खाऔं भन्ने मूल नाराकासाथ पौवाका ११ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । परम्परा अनुसारको शिव प्रसाद नि:शुल्क खुवाउनुका साथै संगितमय भजन टोलिले शिवरात्रीका दिन बिहानैदेखि भजनकिर्तन गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए ।
पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको छ । माघ १ गते पनि पौवाका शाखा रहेका स्थानहरुमा बसोबास गर्ने जाती विषेशको परिकार तयार गरि ग्राहकहरुलाई सेवा दिएको थियो ।
पौवाको रुपन्देहीमा २ वटा तथा दाङमा ३ वटा शाखा रहेको छ । यसैगरी कपिलवस्तु, पाल्पा, गुल्मी, सुदुरपश्चिमको धनगढी, कर्णाली प्रदेशको जुम्ला र गण्डकी प्रदेशको चितवनमा शाखा संचालनमा आइसकेका छन् । गण्डकी प्रदेश राजधानी पोखरामा नयाँवर्ष पहिले नै सेवा संचालन हुने गरि तयारी अगाडी बढाईएको पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले बताए ।
प्रतिक्रिया