बुटवल ।बुटवल अटाे ईन्जिनियरिङ एशाेसिएसनकाे २६ औं बार्षिक साधारणसभा तथा १४ औं अधिबेशन काे एक समारोहबीच बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उदघाटन गर्दै अटाे ब्यवसायिका समस्या वारे आफु गम्भीर रहेकाे वताए । उनले अटाे क्षेत्रकाे बिकास निर्माणमा केही कामका प्रयास भएपनि अवका दिनमा पनि ब्यवसायि सग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्ता व्यक्त गरे।
बुटवल अटाे ईन्जिनियरिङ एशाेसियसनका अध्यक्ष बाबुलाल पाण्डेले आफ्नाे कार्यकालमा काेराेना संक्रमणका बाबजुत पनि सडक , खानेपानी, पथ नामाकरण , प्रहरी चाैकि निर्माण , सरसफाईका क्षेत्रमा केही प्रयास भएपनि पार्किङ , सडक ढल नालिका काम अझ पनि गर्न बाकि रहेकाे जानकारि दिए ।
सस्थाका महासचिव तुल्सिराम न्याैपानेले सस्थाका प्रतिवेदन पेशगर्दै बिगतका भएका कामका वारे जानकारिदिदै आगामि दिनमा गर्ने याेजना उल्लेख गरे । उनले ब्यवसायलाई प्राेत्साहन आवश्यक रहेकाे वताउदै फाेहरमैलाब्यवस्थापन अझै व्यवस्थित गर्न निरन्तरता दिने,खानेपानी याेजनासम्पन्न गर्ने पार्किङ ब्यवस्थित गर्ने जस्ता याेजना रहेकाे वताए ।
नेपालकै नमुना मानिएकाे बुटवल अटाे ईन्जिनियरिङ एशाेसिएसन हाल करिव ८६८ सय ब्यवसायि रहेकाे र करिव १० हजार जनाले प्रत्यक्ष राेजगार पाएका छन् । कार्यक्रममा अटाे मेकानिक्स महासंघका अध्यक्ष जनार्दन गैरे, संस्थापक अध्यक्ष खड्क बहादुर गाैतम, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजु, बडा अध्यक्ष रामचन्द्र नेपाल,उद्योग उपाध्यक्ष कृष्णप्रसाद न्याैपाने, बाणिज्य उपाध्यक्ष बाबुराम आचार्य लगायतले बाेल्दै ब्यवसाय मैत्री वातावरण आवश्यक रहेकाे कुरामा जाेड दिए । यस अवसरमा अटाे भिलेजका वारेमा बृत्तचित्र प्रदर्शन गरिनुका साथै सस्थामा महत्त्वपूर्ण याेगदान पुर्याएका ब्यवसायि र सघ सस्थालाई सम्मान समेत गरिएकाे थियाे ।
अधिबेशनले नयाँ कार्य समिति चयनका लागि आइतबार निर्वाचनकाे कार्य समेत तय गरेकाे प्रमुख निर्वाचन अधिकृत शालिकराम बन्जाडेले जानकारी दिए ।
प्रतिक्रिया