बुटवल । तिलोत्तमा रक्तदाता समाजले आफ्नो पहिलो वार्षिक साधारणसभाको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमाका २ ठाउँमा गरी ५१ यूनिट रगत संकलन भएको संस्थाले जनाएको छ ।
वार्षिक साधारणसभाको अवसमा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेल ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ संस्थाले गर्दै आएको मानवीय कार्यलाई निरन्तरता दिन आग्रह गरे । निस्वार्थ मानवीय सेवामा लागेको रक्तदाता समाजले आगामी दिनमा सेवालाई थप फराकिलो बनाउन उनले सुझाब दिए । संस्थाको कामकाजलाई सहज बनाउनका लागि कार्यलय भवन निर्माणमा समेत नगरापालिकाको तर्फबाट सहयोग गर्न तयार रहेको उनले बताए ।
समाजले तिलोत्तमाका २ ठाउँमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । तिलोत्तमा–१५ मा विकिरण बचत तथा ऋण सहकारी संस्थासँग सहकारीसँगको सहकार्यमा तथा तिलोत्तमा–७ भलवारीमा पब्लिक हेल्थ फाउण्डेशन लुम्बिनीको सहकार्यमा कार्यक्रम गरिएको समाजका महासचिव अरुण पन्थीले जानकारी गराए । बुटवल रक्त सञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रमका अवसरमा समाजका अध्यक्ष गोविन्द बन्जाडे, तिलोत्तमा १५ का अध्यक्ष खेमराज गुरुङ तथा करहिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हेमराज पौडेल लगायतले बोल्दै मानवीय सेवा तथा सामाजिक क्रियाकलापलाई थप सक्रिय भएर अगाडी बढाउनु पर्नेमा जोड दिए । तिलोत्तमा रक्तदाता समाजले हरेक महिनाको दोस्रो शनिबार नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया