काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बलात्कार आरोपमा जाहेरी परेपछि फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न थापालाई नियन्त्रणमा लिइएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ ।
प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले बानेश्वर प्रहरी वृत्तमा लगेको हो । अहिले प्रहरीले सोधपुछ गरिरहेको छ । थापा शाह अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हुन् ।
प्रतिक्रिया