ताजा अपडेट »

एकीकृत समाजवादी निकट शिक्षक संगठनको रुपन्देही अध्यक्षमा शेषनारायण

शनिबार, १४ फागुन २०७८


बुटवल । एकीकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीको जिल्ला भेला सम्पन्न भएको छ । शुक्रबार सम्पन्न भएक भेलाले शेषनारायण रेग्मीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ ।

यस्तै भेलाले दुर्गा घिमिरेको सम्यजोकत्वमा ५ सदस्यीय सल्लाहकार समिती चयन गरेको छ । कार्यक्रम नेकपा एकीकृत समाजवादीका रुपन्देही इन्चार्ज राजु गुरुङको प्रमुख आथित्यता, अविराम बि . क. को विशिष्ट आथित्यता र विष्णु गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।