भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ४ का वडा अध्यक्ष मुक्तीनाथ यादव (भोला) राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन ।
शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य वसन्त बिक्रम शाही, पार्टीका जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, पार्टीका प्रदेश ३क क अध्यक्ष अर्जुन थापा लगायतले यादवलाइ पार्टीमा प्रवेश गराएका हुन ।
जनता समाजवादी पार्टीबाट वडाअध्यक्ष पदमा निर्वाचित भोला यादव केहि दिन पहिला जसपा छोडेका थिए । जसपाबाट असहयोग भएको र सोही पार्टीबाटै निर्वाचित वडा सदस्यले सहयोग नगरेको बताउदै यादवले उक्त पार्टी परित्याग गरेका थिए ।
यादवले राप्रपाको मिशन र भिजन मन परेकोले सो पार्टी रोजेको बताए । उनले पार्टीले एमसीसीको बिषयमा राखेको अडानले र पार्टीमा रहेका ब्यक्तित्वहरुको कारण पनि राप्रपामा प्रवेश गरेको जनाए ।
प्रतिक्रिया