ताजा अपडेट »

पहिलो सेसनमै एमसीसी अलआउट

विहीबार, २१ कार्तिक २०७६

कार्तिक २१,
ग्लोबल आवाज

काठमाण्डौं । नेपालसँगको तीनदिवसिय प्रथम श्रेणी खेलमा मरिलेबोन क्रिकेट क्लब (एमसीसी) पहिलो इनिङमा १०१.५ ओभरमा ३ सय ६४ रनमा अल आउट भएको छ । दोस्रो दिनको पहिलो सेसनमा नेपालले ४ विकेट लिएको हो ।एमसीसीले दोस्रो दिन ८६ ओभरमा ३११-६ को अवस्थाबाट इनिङ थालेको थियो । उसका यासिर अराफात ६५ रनमा अविजित रहे । ९१ ओभरमा करण केसीले एलेक्स थम्पसनलाई ३० रनमा एलबी डब्लू आउट गरे ।

करणलेनै एलेक्स स्पेन्सरलाई शून्यमा पेभिलिएन फर्काए । ९७ औं ओभरमा क्रिस राइटलाई ४ रनमा एलबी डब्लू आउट गरे । पहिलो दिन ओपनर बिली गोडलम्यान १० रनमा क्याच आउट भएका थिए । अर्का ओपनर विल रोड्स ७३ रनमा बोल्ड आउट भए । करणले ओलिभर डल्बीलाई १० रनमा आउट गरे । ३५ ओभरको दोस्रो बलमा सोमपालले बोल्ड आउट गर्नुअघि रोड्सले १ सय १० बलमा १२ चौका प्रहार गरे । रोड्सले विनोद भण्डारीले क्याच छाड्दा ब्यक्तिगत १४ रनमा जीनवदान पाएका थिए । शरद भेषवकरले ४३ ओभरको दोस्रो बलमा इंग्ल्यान्डबाट टेष्ट खेली सकेका युवा खेलाडी टम वेस्ट्लीलाई ३९ रनमा एलबी डब्लू आउट गरे । उनले १ सय २ बलमा ४ चौका प्रहार गरे ।

शरदले नै माईल्स हामान्डलाई ५२ रनमा बोल्ड आउट गर्दै पेभिलिएनको बाटो देखाए । माईल्सले ६ चौका र १ छक्का प्रहार गरे । अलराउन्डर एड योङ १७ रनमा आउट भए । औं ७२ ओभरको अन्तिम बलमा सन्दीपले विल भानडरसपारलाई ५३ एलबी डब्लू आउट गरे। उनले ९६ बलमा ८ चौका र १ छक्का प्रहार गरे । नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३ विकेट लिए । सोमपाल कामी र शरद भेषवकरको नाममा समान २ विकेट रह्यो । नेपालका लागि पहिलो इनिङमा ओपनरको रुपमा विकेटकीपर राजु रिजाल र कप्तान ज्ञानेन्द्र मल्ल आएका छन् ।- हाम्रोखेलकुद