ताजा अपडेट »

दशाैं बुटवल श्री अन्तर प्रदेश स्तरीय शरिरिक सुगठन प्रतियोगिता हुने

शुक्रबार, १३ फागुन २०७८


बुटवल । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा यही २०७८ साल चैत्रकाे अन्तिम हफ्ता बुटवलश्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७८ हुने भएको छ ।

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको अध्यक्षतामा रुपन्देही जिल्ला खेलकुद बिकास समितिमा आज बसेकाे बैठकले साे निर्णय गरेको थियो । बिगतमा नवाैं संस्करणकाे बुटवलश्री प्रतियोगिता लुम्बिनी र गण्डकी प्रदेश स्तरीय गरिएको थियो ।

यस पटक साबिक प्रदेशहरुसँगै कर्णाली र सुदुरपश्चिम प्रदेश समेत गरि चार प्रदेशका झण्डै सयभन्दा बढी खेलाडीहरुकाे सहभागिता रहने जिल्ला संघका सचिव राजकुमार श्रेष्ठले बताए। आयोजकले प्रतियोगिताको तयारी सुरु भएको बताएको छ। रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलका अध्यक्ष सितु प्रसाद श्रेष्ठले स्वच्छ जीवनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

उनले युवाहरु लागू पदार्थको दुर्व्यसनमा फस्ने भएको त्यस्ता युवाहरुलाई यस खेल तर्फ आर्कषित बनाउँदै दुव्र्यशनमुक्त समाजको निर्माणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । करिव ६ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विजेताले दशाैं बुटवल श्री २०७८ को उपाधि सहित नगद १ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगितामा छ वटा बजन समुहमा हुने बताइएको छ । ५५, ६०, ६५, ७० , ७५ के.जी र ७५ के.जी भन्दा बढि तौल समुहमा प्रतियोगिता हुनेछ । प्रिजजिङ्ग चरणबाट प्रत्येक तौल समूहबाट ६/६खेलाडी छनोट गरि फाईनल चरणको लागि खेलाडी चयन गरिने छ । फाईनल चरणमा प्रत्येक समूहबाट पहिलो हुने खेलाडीहरुले टाईटल स्पर्धा बुटवल श्रीको लागि प्रतिस्पर्धा गर्नेछ साथै प्रतियाेगिताका लागि प्रायाेजक सह प्रायाेजककाे खाेजी भईरहेका आयाेजकले वताए ।

चैत्र अन्तिम हफ्ता अगाडि नै रुपन्देही जिल्ला खेलकुद विकास समिति बुटवलमा नाम दर्ता गर्न ईच्छुक खेलाडिलाई आबह्न गरेको छ । प्रतियोगितामा म्युजिक राउडमा प्रत्येक खेलाडिले बढिमा १ मिनेट समय सम्मको धुनमा आफ्नो ऐच्छिक आसन देखाउने पाईने नियममा उल्लेख गरिएको छ । प्रत्येक बजन समुहमा प्रथम हुने खेलाडिलाई मेडल, ट्रफी र प्रमाणपत्रबाट सम्मानित गरिने श्रेष्ठले बताए । त्यस्तै अल ओभर विजेतालाई नगद १ लाख सहित मेडल प्रमाणपत्र बाट सम्मानित गरिनेछ ।

०६५ सालमा भएको प्रथम बुटवलश्रीमा विकाश चौधरी, ०६८ सालमा भएको दोस्रो बुटवलश्रीमा शेर बहादुर खाम्चा, ०७० सालमा भएके तेस्रो बुटवलश्रीमा विनोद बज्राचार्य र ०७२ सालमा भएको चौथो बुटवलश्रीमा विजेन्द्रमान श्रेष्ठ विजेता भएका थिए । यसैगरी ०७३ पाचौं बुटवल श्री र ०७४ काे छैठाैं बुटवल श्री ताराबहादुर थापाले २०७५ साताै बुटवलश्री चन्द्रमान श्रेष्ठले र २०७५ मा नै आठाैं बुटवलश्री विनोद सुनारले जितेका थिए भने २०७६ मा भएको नवाैं बुटवलश्री कृष्ण श्रेष्ठले हात पारेका थिए ।