ताजा अपडेट »

बगदादीकी पत्नी टर्कीको नियन्त्रणमा

विहीबार, २१ कार्तिक २०७६

कार्तिक २१,
ग्लोबल आवाज

काठमाण्डौं । टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्र्दाेआनले इस्लामिक स्टेटका पूर्व प्रमुख अबु बकर अल बगदादीकी पत्नीलाई टर्कीको सुरक्षा बलले नियन्त्रणमा लिएको दाबी गरेका छन्। यसअघि मंगलबार टर्कीले बगदादीकी दिदीलाई पनि गिरफ्तार गरेको जनाएको थियो।

अमेरिकी सेनाको एक अपरेशनमा बगदादी मारिएका थिए। उनले विष्फोट गराएको आत्मघाती बमले उनका तीन छोराछोरी पनि मारिएका थिए। राष्ट्रपति एर्र्दाेआनले पहिलोपटक उनकी पत्नीलाई गिरफ्तार गरिएको खबर सार्वजनिक गरेका हुन्। साथै टर्कीले उनको भिनाजुलाई पनि नियन्त्रणमा लिएको दाबी गरेको छ। ‘अमेरिकाले बगदादीले एउटा सुरुङमा आफ्नो ज्यान आफैं लिएको, अमेरिकी सेनाका कारण उनी मारिएको दाबी गर्‍याे । तर, हामीले उनकी पत्नी र बहिनीलाई पनि नियन्त्रणमा लिएका छौं’ राष्ट्रपति एर्र्दाेआनले भने ‘तर, हामीले अमेरिकाले जस्तो सस्तो मिडियाबाजी र हल्लाखल्ला गर्दैनौँ।’ - एजेन्सी