ताजा अपडेट »

एमसीसीविरुद्ध प्रदर्शनमा झडप : पत्रकारसहित दुई जना घाइते

विहीबार, १२ फागुन २०७८

काठमाडौं ।  एमसीसी विरुद्ध बिहीबार नयाँ बानेश्वरमा भएको प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा तीन जना घाइते भएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा पत्रकारसहित दुई जना घाइते भएका हुन् । 

घाइते भएका एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजगको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर प्रहरीका अनुसार उनको टाउको र शरीरमा चोट लागेको छ । 

अर्का घाइते केदार सिवाकोटीको पनि एभरेष्ट अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । रगज प्रर्दशनको भिडियो खिच्ने क्रममा र सिवाकोटी प्रर्दशनमा उत्रिएको बेला घाइते भएका हुन् ।