काठमाडौं । सत्ता सत्ता गठबन्धनबाहेकका अन्य दलका शीर्ष नेताहरु छलफलमा जुट्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव बिहीबार दिउँसो १ बजेको प्रतिनिधिसभाको बैठक अघि छलफलमा जुटेको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।
बैठकमा माओवादी नेताद्वय् नारायणकाजी श्रेष्ठ र देव गुरुङ र जसपा नेता अशोक राई पनि छन् । संसदमा प्रस्तुत भइसकेको एमसीसी परियोजना आजको बैठकमा छलफलको प्रस्ताव अगाडि बढाउने कार्यसूची तय भइसकेको छ ।माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ । यीलगायतका विषयमा उनीहरुबीच करिब आधा घण्टादेखि छलफल जारी छ ।
प्रतिक्रिया