कार्तिक २०,
ग्लोबल आवाज
बुटवल । स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता–२०७६ अन्तरगत आज बुधबारको खेलमा सुनौलो संगम युवा क्लब देविनगर विजयी भएको छ । सुनौलो संगमले पाँच नम्बर प्रदेश प्रहरी तालिम केन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । रामनगर खेलमैदानमा भएको खेलको १३ औ मिनेटमा सुनौलो संगमका रंजित थापाको एकमात्र गोल नै जितका लागि निर्णायक बन्यो ।
खेलको अन्तिम समयमा प्रहरीले बराबरीको अवसरलाई चुकायो । पेनाल्टी प्रहारलाई सुनौलो संगमका गोलकिपर युगल थापाले रोकिदिएका थिए । उनि खेलमा म्यान अफ दी म्यानबाट पुरस्कृत भएका थिए । भोल बिहिबार लिस्नु युवा क्लब कोटिहवा र फर्साटिकर युवा क्लबका बिचमा खेल हुने आयोजकले बताए । प्रतियोगिताको उपाधिका लागि १२ समूहको सहभागिता रहेको छ।
प्रतिक्रिया