बुटवल । लायन्स क्लब अफ बुटवल देउराली साकुराले आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । क्लबले सोमबार बुटवल ११ मा रहेको मायादेवी जनजागृत आधारभूत प्राथमिक विद्यालयका बालबालिका र न्यू दुर्गा नगरका टोलबासीको आँखा शिविरको आयोजना गरि निःशुल्क रुपमा आँखा परिक्षण गरिदिएको हो ।
सो आँखा शिविरबाट १०० जना विद्यार्थी र ५० जना टोलबासी गरी १५० जनाले सेवा लिएको क्लबकी सचिव सरिता पाण्डेले बताइन् । सबै नागरिकले समय समयमा आँखाको चेकजाँच गर्न आवश्यक रहेको रहेकाले सबैलाई सचेत गराउनका लागि आँखा शिविरको आयोजना गरिएको क्लबकी अध्यक्ष कमला जोशिले बताइन् ।
शिविर बुटवल लायन्स आँखा अस्पतालका अस्थमोक असिस्टेन प्रमिला शाही र अस्पतालकी स्वास्थ्यकर्मी अमृत चौधरीको प्राविधिक सहयोगकमा सम्पन्न भएको कार्यक्रम संयोजक बिनिता ज्ञवालीले बताइन् ।
क्लबका एक्टेन्सन चियर प्रसन (MJF) ज्ञान प्रसाद पौडेलको प्रमुख आथित्यता भएको कार्यक्रममा मायादेवी जनजागृत आधारभूत प्राथमिक विद्यालयका अध्यक्ष धनबहादुर गुरुङ, विद्यालयका सहप्रध्यानध्यापक माधव लोहनी, क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको लायन्स क्लब अफ बुटवल देउराली साकुराले केही समय अघि मात्रै बुटवल उपमहानगरपालिका–३ स्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई कपडा वितरण गरेको थियो ।
प्रतिक्रिया