माघ १८,
अमेरिकामा चिसोका कारण २१ जनाको मृत्यु भएको छ ।अमेरिकाको तापक्रम एक्कासी ज्यादै न्यून भएपछि मानिसहरुको मृत्यु भएको हो ।ध्रुवीय वायुका कारण केही दिन यता अमेरिकाको तापक्रम न्यून हुँदै गएको हो ।
सिकागो, इलिनोइज,रकफोर्ड, मोलाइन,लोवा लगायतका क्षेत्रमा तापक्रम माइनस ३० डिग्री सेल्सीयस भन्दा बढी रहेको न्यू योर्क टाइम्समा उल्लेख छ । मौसम पूर्वानुमान गर्ने सरकारी निकायले चिसोको यो क्रम अझै एक दुई हप्ता सम्मपनि जान सक्ने जनाएका छन् ।
चिसो प्रभावित क्षेत्रको हवाई उडानहरु अवरुद्ध गरिएको छ । विद्यालय र कलेजहरु बन्द गरिएको बताइएको छ ।- एजेन्सी
प्रतिक्रिया