कार्तिक २०
ग्लोबल आवाज
काठमाडौँ । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि बास्केटबलको पुरुष तथा महिला टोलीको अन्तिम छनोट सम्पन्न भएको छ । नेपाल बास्केटबल संघले दुवै महिला र पुरुषतर्फ फुल कोर्टमा १२-१२ खेलाडी तथा ३ बाइ ३ का लागि ४-४ खेलाडीको नाम राष्ट्रिय खेलकुद परिषदलाई बुझाएको हो । नेपालले यसअघि एसियाली खेलकुदमा पनि ३ बाइ ३ बास्केटबलमा प्रतिस्पर्धा गरेको थियो । यस स्पर्धा सागमा पहिलो पटक समावेश गरिएको हो ।
संघले यसपटक विदेशी प्रशिक्षकका रुपमा साइप्रसका बिल मक्क्यामनलाई अनुबन्ध गरेको छ । उनले डेढ महिनादेखि प्रशिक्षण दिन सुरु गरेका छन् । उनीसँगै बास्केटबलका चिफ कोच दिनेश नकर्मी र सहायक प्रशिक्षक विकु महर्जन पनि टोलीमा रहेका छन् । महिलातर्फ भने विकास शाहीले टोलीको मुख्य प्रशिक्षण सम्हालिरहेका छन् । महिलातर्फ २० सदस्यीय टोलीबाट रोशनी श्रेष्ठ, अश्मिता भुजेल, अश्मिता केसी र सुक्मिता राईले अन्तिम चरणमा स्थान बनाउन सकेनन् । पुरुषतर्फ भने रामकृष्ण घताने, निर्भ चन्द, सुजन लिम्बु र कविन्द्र प्रधान अन्तिम छनोटमा परेनन् ।
पुरुष :
फुल कोर्ट : सदिश प्रधान, विनोद महर्जन, आयुष सिंह, मनेष राज राजोपाध्याय, विक्रम जोशी, सौरभ श्रेष्ठ, विजय बुर्जा, दिवेश्वर शाह, मविन्द्र भण्डारी, विनोद श्रेष्ठ, विकास गुरुङ, अशिम श्रेष्ठ
३ बाइ ३ : मनिष केसी, निकेश मगर, आशिष बस्नेत र अजय कुशवाहा
महिला टोली :
फुल कोर्ट : सदिना श्रेष्ठ, प्रिती तुलाचन, अनुषा मल्ल, अलिशा मल्ल, एलिना गुरुङ, श्रेया खड्का, मुना महर्जन, माया स्याङतान, परिक्षा मगर, प्रेदिका महर्जन, रचना श्रेष्ठ, आशा राई
३ बाइ ३ : सोनी वाइबा, मिना गुरुङ, गरिशा सिलवाल, रविना अधिकारी
प्रतिक्रिया