ताजा अपडेट »

पाल्पाका ३६ वर्षीय महेश आफ्नै घरमा मृत फेला

मंगलबार, १० फागुन २०७८

बुटवल । पाल्पामा एक पुरुष आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । फेला पर्नेमा तानसेन नगरपालिका–९ खर्केडाँडाका ३६ वर्षीय महेश बौडेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए ।

बौडेल सोमबार साँझ आफ्नै घरको दोस्रो तल्लामा सुत्ने खटिया नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बौडेलले अत्याधिक मदिरा सेवन गरेको पाइएको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पचभैयाले बताए ।